गोरखा । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा गोर्खा नगरपालिका वडा नम्बर १० स्थित छेवेटार खेलमैदानमा शनिबारबाट सुरु भएको प्रथम पृथ्वीनारायण गोल्डकप अन्तर्गत प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल संकटा फुटबल क्लब काठमाडौँ र आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाबीच रोमाञ्चक प्रतिस्पर्धा सम्पन्न भएको छ ।
उक्त खेलमा संकटा फुटबल क्लबलाई आयोजक जिल्ला खेलकुद विकास समिति गोर्खाले आफ्नो घरेलु मैदानमा १-० को साँघुरो नतिजामा पराजित गर्दै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो। गोरखाको जितमा खेलको ७९ औँ मिनेटमा सन्त बहादुर गुरुङले एकमात्र निर्णायक गोल गरेका थिए। साथै उनी उक्त खेलको म्यान अफ द म्याच बन्दै नगद रु.५००० सहित ट्रफी प्राप्त गरेका छन्।
आइतबार प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेल सातदोबाटो युथ क्लब र चित्लाङ फुटबल क्लब दिनको ठिक दुई बजे प्रतिस्पर्धा गर्नेछन्।

- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन