सैनामैना । प्रतिस्पर्धात्मक जितका साथ विश्व शान्ति युवा क्लब यहाँ जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलतर्फ विश्व शान्तिले भैरव एफसी, नवलपरासीमाथि २–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । विश्व शान्तिले पहिलो हाफ मै गरेको दुई गोल खेलको निर्णायक प्वाईन्ट बन्यो ।
सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा भएको खेलको १९औं मिनटमा गियागोको पेनाल्टी गोलबाट विश्व शान्तिले खेलमा अग्रता लिएको थियो । लगते २३औं मिनटमा विजय घलानले विश्व शान्तिका लागि दोस्रो गोल थपेका थिए ।

उता पराजित भैरवका लागि दोस्रो हाफतर्फ ४७औं मिनटमा रोशन राना मगरले एक गोल गर्दै टोलीललाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् । खेलको म्यान अफ द म्याच विश्व शान्तिका आकाश बुढा मगर घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तरगत फागुन १ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल खनाल ब्रदर्श एफसी र मुर्गिया एफसीबीच हुने आयोजकले जनाएको छ ।
जनप्रिय स्र्पोटिङ क्लबको आयोजना तथा सैनामैना नगरपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ हात पार्नेछ । फाइनल खेल फागुन ५ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने