News पुलिसको शिर्ष तीनको सम्भावना कायमै
सुरज राना मगर

काठमाडौं । राष्ट्रिय महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो शिर्ष तीनको सम्भावनालाई यथावत राखेको छ । शुक्रबार भएको एक मात्र खेलमा पुलिसले चन्द्रपुर नगरपालिका, रौतहट माथि ३–० को जित निकाल्दै शिर्ष तीनको सम्भावनालाई कायम राखेको हो ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले सातौं मिनटमा श्रृजना खड्काको गोलबाट खेलमा अग्रता बनाएको थियो । ५४औं मिनटमा निर्मला बिकले पुलिसको त्यो अग्रता दोब्बर पारिन् । त्यस्तै खेल सकिन पाँच मिनट बाँकी छँदा रेखा पौडेलले पुलिसका लागि तेस्रो गोल गर्दै विभागीय टोलीको जित सुनिश्चित गरिन् ।

प्लेयर अफ द म्याच पुलिसकी घिम कुमारी गुरुङ घोषित भईन् । प्रतियोगिता अन्तरगत फागुन १ गते शनिबारको पहिलो खेल एपिएफ र वालिङबीच हुनेछ भने दोस्रो खेलमा बिराटनगर र चौदण्डीगढी भिडन्े छन् ।

Post Comments