News ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई
गोलनेपाल

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नाल्बुमा सम्पन्न स्वर्गीय सुक बहादुर र मनमायॉ नाल्बो स्मृती वडा स्तरीय पुरूष फुटबल प्रतियोगिताको उपाधि मैवाखोला ३ सॅाघुले जितेको छ भने वडा स्तरीय महिला तर्फ मिक्वाखोला ४ सॅावा विजयी भएको छ ।

शुक्रबार सम्पन्न पुरूष तर्फको फाइनलमा आयोजक मेरिङदेन ६ नाल्बुलाई सडन डेथमा ४-३ गोलले पराजित गर्दै सॉघुले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउट तर्फ धकेलिएको थियो । पेनाल्टि सुट आउटमा पनि दुइ दुइ गोलको बराबरी भए पछि नतिजा सडन डेथ मार्फत निकालिएको थियो ।

उपाधिसँगै सॉघुले २ लाख एक हजार सहित तीन वर्षे रनिङ ट्र्फि प्राप्त गर्यो भने उपविजेता नाल्बुले १ लाख १ हजार सहित ट्रफिमा चित्त बुझायो ।

त्यसैगरी शुक्रबार नै सम्पन्न महिला तर्फको फाइनल खेलमा आयोजक मेरिङदेन ६ नाल्बुलाई १-० गोलले पराजित गर्दै मिक्वाखोला ४ सॉवा च्याम्पियन बनेको हो ।

सॉवा च्याम्पियन बनेसँगै नगद ५१ हजार एक सय सहित तीन वर्षे आकर्षक रनिङ ट्रफि प्राप्त गर्यो भने उपविजेता बनेको नाल्बुले नगद ३१ हजार एक सय सहित ट्रफिमा चित्त बुझायो ।

दुवै विधामा प्रथम पुरस्कार सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारद्वारा प्रायोजन गरिएको हो भने द्वितीय पुरस्कार लालबहादुर नाल्वो, उनकी श्रीमती तुलामाया नाल्वो तथा छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोको स्मृतिमा उहॅाहरूको परिवारले प्रायोजन गरेको नाल्बो लिम्बु समाज नाल्बुका सचिव योगेन नाल्वोले जानकारी दिए ।

Post Comments