News रुपन्देहीमा दोस्रो बुटवल पब्लिक कप यु–१६ अन्तरविद्यालय रात्रीकालिन फुटबल प्रतियोगिता शुरु
सुरज राना मगर

शिवपुर । रुपन्देहीको प्रतिष्ठित र अग्रणी शैक्षिक संस्था मध्ये एक बुटवल पब्लिक स्कुल, तिलोत्तमा–३, रुपन्देहीको आयोजनामा बुधबारदेखि दोस्रो बुटवल पब्लिक कप यु–१६ अन्तरविद्यालय रात्रीकालिन फुटबल प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा–११, शिवपुर स्थित आयोजक कै बुटवल पब्लिक स्कुल रिसर्च एण्ड स्पोर्टस सेन्टरमा शुरु भएको प्रतियोगिताको पहिलो दिन शुरुवाती चार क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । कुल आठ विद्यालयका फुटबल टोलीहरु सहभागि प्रतियोगिताको सेमिफाइनल, फाइनल र समापन कार्यक्रम फागुन ७ गतेका दिन हुने खेल संयोजक अशोक गुरुङले बताए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक बुटवल पब्लिक स्कुलका अध्यक्ष हेमलाल शर्माले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रम आयोजक स्कुलका उप–प्राचार्य आरसी पौडेलको सञ्चालनमा भएको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त खेल कार्यक्रम व्यवस्थापक थमन थापाले जानकारी दिए ।

Post Comments