News रुपन्देहीमा हब इन्टरनेशनल एजुकेशन सुशिल चौधरी स्मृति डिवासी कप शुरु
सुरज राना मगर

बुटवल । रुपन्देहीमा खेलकुदसँगै विभिन्न रचनात्मक कार्यहरुमा सक्रिय युवाहरुको समूह देवीनगर युवा क्लब, बुटवल, रुपन्देहीको आयोजनामा सोमबारदेखि हब इन्टरनेशनल एजुकेशन सुशिल चौधरी स्मृति डिवाइसी कप यु–२० फुटबल प्रतियोगिता शुरु भएको छ ।

बुटवल–११, देवीनगर स्थित खेलमैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भएका छन् । दिनको पहिलो र उद्घाटन खेलमा नविन औद्योगिक कदर बहादुर रीता माविले सैनामैना फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलील्े गोलरहित बराबरी खेलेका थिए । खेलमा नविन औद्योगिकका गोलरक्षक विप्लव गुरुङ म्यान अफ दि म्याच बने ।

त्यस्तै सोमबार नै भएको दोस्रो खेलमा आयोजक देवीनगर युवा क्लब (डिवाइसी) ए ले गुरुकुललाई २–० ले हराउँदै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । खेलमा डिवाइसीका कप्तान दर्शन बिक म्यान अफ दि म्याच चुनिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ समाजसेवी, वार्ड प्रतिनिधी तथा सामाजिक अभियन्ता नकुल शाही ठकुरी र दिवंगत सुशिल चौधरीकी आमा आशा चौधरीले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा आयोजक क्लबका अध्यक्ष नविन सारु मगर, खेल संयोजक सन्तोष शाही ठकुरी, खेल व्यवस्थापक मिन सारु गिरी लगायतको पनि उपस्थिति रहेको थियो ।

कुल २० टोलीहरु सहभागि प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष शाही ठकुरीले बताए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक ठकुरीले जानकारी दिए ।

युवा खेलाडीहरुलाई पनि फुटबलमा निरन्तर अवसर प्रदान गर्न यसपटक यु–२० फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष नविन सारु मगरले बताए ।

 

Post Comments