चुलाचुली । प्रभावशाली जितका साथ युवाइसी, साक्फारा इलाममा जारी प्रथम फुङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको ।
मंगलबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा युवाइसीले त्रिवेणी फुटबल क्लब, दमकलाई ३–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।
युवाइसीको जितमा गौरव धिमाल, प्रबिन राई र जितेन्द्र राईले गोल गरे । खेलमा उत्कृष्ट प्रदर्शन समेत गरेका युवाइसीका गौरव धिमाल म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन २७ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक फुङनाम स्र्पोटिङ क्लब र दशमी युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।
फुङनाम स्र्पोटिङ क्लब, फुङनाम, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइन्ल खेल भने यही फागुन २९ गतेका दिन हुनेछ ।