साँघु । मैवाखोला गाउँपालिका वडा नं.-३ साँघु ताप्लेजुङमा जलजले क्लबको आयोजनामा जारी विशेष महाशिवरात्री मेला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दुई सेमिफाइनल खेलहरू सम्पन्न भएका छन्।
पहिलो सेमीफाइनल खेल साँगुरीगढी फुटबल क्लब धनकुटा र आयोजक जलजले क्लब निलो ताप्लेजुङबीच रोमाञ्चक प्रतिस्पर्धा सम्पन्न भएको छ। उक्त खेलमा आयोजक ताप्लेजुङलाई २- १ गोलन्तरले पराजित गर्दै धनकुटा प्रतियोगिताको उपाधी नजिक पुगेको हो। धनकुटाको जितमा विकास परियार र प्रज्वल थापाले समान एक एक गोल गरेका हुन्। त्यसैगरी धनकुटाकै डिफेन्डर मञ्जिल खड्काले आत्मघाती गोल गर्दा आयोजक ताप्लेजुङको एक गोल भएको थियो।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनकुटाका किस्न राई म्यान अफ दि म्याच बन्दै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।
दोस्रो तथा अन्तिम सेमिफाइनल खेल गत संस्करणको उपविजेता टोली म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम र सयपत्री सांस्कृतिक युवा क्लब सङ्खुवासभाबीच सम्पन्न भएको छ। उक्त खेलमा म्याङ्लुङले १-० को साँघुरो जित दर्ता गरेको हो। म्याङ्लुङको जितमा पहिलो हाफको २५ औँ मिनेटमा सन्तोष लिम्बुले पेनाल्टी मार्फत गोल गरेका थिए। निर्धारित समयभर उत्कृष्ट खेल प्रदर्शन गरेका म्याङ्लुङका गोल रक्षक प्रेम लिम्बु नायक बन्दै नगद रु.२००० सहित ट्रफी प्राप्त गरेका छन्।
शनिबार प्रतियोगिताको उपाधीका लागि म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम र साँगुरीगढी फुटबल क्लब धनकुटा दिनको ठिक एक बजे साँघु खेलमैदानमा प्रतिस्पर्धा गर्नेछन।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई
- ताप्लेजुङको नाल्बुमा जारी वडा स्तरीय पुरूष फुटबलतर्फ सॅाघु र महिलातर्फ सॅावा फाइनलमा प्रवेश