News विराज र विकेशको ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर क्याम्प आयोजना गर्ने
गोलनेपाल

नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प आयोजना गर्ने भएको छ । 

विद्यालयहरूको अन्तिम परीक्षा सकिएलगत्तै विद्यार्थीहरूको लामो बिदालाई लक्षित गर्दै उक्त क्याम्प आयोजना गर्न लागिएको हो । छुट्टीको समयमा विद्यार्थीहरू लामो समय फोन, ल्यापटप, टिभी जस्तै इलेक्ट्रोनिक उपकरण हेर्दै आफ्नो समय बिताउने गर्दै गरेको र त्यसले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पर्ने हुँदा यस क्याम्पको मुख्य योजना विद्यार्थीहरू लाई ग्याजेट बाट केही समय भए पनि टाढा राख्नु हो । 

विद्यार्थीको मानिसको र शारीरिक स्वास्थ्यका साथै नेपालको लोकप्रिय खेल फुटबलमा सानै उमेर देखि आकर्षित पार्ने योजना पनि यस क्याम्पको रहेको छ । एसियाली फुटबल महासंघ (एएफसी) प्रमाणित प्रशिक्षकहरूबाट प्रशिक्षण दिइने हुँदा यस क्याम्पले विद्यार्थीको फुटबल कौशलता वृद्धिमा मदत पुर्याउने विश्वास छ । यस क्याम्पमा सहभागी मध्यबाट सम्भावना देखिएका २ प्रशिक्षार्थीले १ वर्षको लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पाउने छन् । ६ महिनाअघि सञ्चालन भएको यस ट्रेनिङ सेन्टरले ग्रासरुट तह बाटनै एउटा खेलाडीलाई चाहिने प्रशिक्षण सुविधा उपलब्ध गराउँदै आएको छ । हरेक साता शनिबार नियमित प्रशिक्षण सञ्चालन हुँदै आएको छ ।

क्याम्प २०८२ साल चैत्र २८ गते शनिबार देखि २०८३ साल वैशाख ५ गतेसम्म चल्नेछ । क्याम्प सातदोबाटो स्थित एन.एस.एफ स्पोर्ट्स कम्प्लेक्समा बिहान ७ बजेदेखि ९ बजेसम्म हुनेछ । दर्ता शुल्क रु ५००० तोकिएको छ । यस क्याम्पमा विद्यार्थीको मनोरञ्जन, कौशलता विकास, खेल प्रति लगाव, प्रगतिशील प्रशिक्षणलाई मध्यनजर गरिनेछ ।

Post Comments