News आर.टी.एफसी, मलेसिया सेमिफाइनलमा
गोलनेपाल

कालाबंजर । पाहुना टोली आर.टी.एफसी, मलेसिया यहाँ जारी नवौं भरौल गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो क्वाटरफाइनलतर्फ आर.टी.एफसीले द योङ ब्रदर्श क्लब, सुनसरीलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । आर.टी.एफसीको जितमा बिशाल भण्डारी र यामीले गोल गरे । खेलमा आर.टी.एफसी कै बिशाल भण्डारी प्लेयर अफ दि म्याच बने ।

प्रतियोगिता अन्तर्गत चैत्र २५ गते बुधबारको तेस्रो क्वाटरफाइनल खेल जर्जियन फुटबल क्लब, काम्लिपोङ भारत र प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments