काठमाडौं । जारी राष्ट्रिय महिला लिगमा शतप्रतिशत जितका साथ लिग उपाधि नजिक पुगेको सशस्त्र प्रहरीको एपिएफ क्लबक्ी स्टार फरवार्ड साबित्रा भण्डारी चोटिल बन्न पुगेकी छिन् ।
लिग अन्तरगत आफ्नो दशौं खेलमा एपिएफले सोमबार नेपाल पुलिस क्लबलाई २–१ ले हराएको खेलमा साबित्रा चोटिल बन्न पुगेकी हुन् । खेलका क्रममा विपक्षी गोलरक्षक उषा नाथसँग भिड्दा चोटिल बनेकी साबित्राले मैदान समेत छाड्नु परेको थियो ।
अनलाईनखबरमा प्रकाशित खबरअनुसार साबित्राको एमआरआई पनि गरिएको छ । यद्यपि त्यसको रिपोर्ट भने आइसकेको छैन । रिपोर्ट आएपछि मात्र साबित्राको चोटबारे थप जानकारी प्राप्त हुन सक्ने बताइएको छ ।
लिगमा शानदार लयमा समेत रहेकी साबित्राले १० खेलमा कुल ४३ गोल गरिसकेकी छिन् । उनकै प्रेरणादायी प्रदर्शनमा एपिएफ शतप्रतिशत जितका साथ १० खेलबाट ३० अंक जोड्दै लिगतालिकाको शिर्ष स्थानमा समेत छ ।
साथै एपिएफ लिग उपाधि भन्दा एक जित टाढा छ । जारी लिगमा एपिएफले अब दुई खेल खेल्न बाँकी छ । जसअन्तरगत ५ गते बिराटनगरसँग खेल्नेछ भने अन्तिम खेल आर्मीसँग खेल्नेछ ।
एपिएफले बिराटनगरलाई हराउन सके आर्मीसँग भिड्नु अघि नै लिग उपाधि समेत जित्नेछ । लिगमा आर्मी २५ अंकका साथ दोस्रो स्थानमा समेत छ । उता क्लबका अनुसार साबित्राले चोट बोकेपछि उनले बाँकी दुई खेलहरु गुमाउने लगभग निश्चित भएको बताइएको छ ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न