बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सम्पन्न प्रथम तिलोत्तमा नगरपालिका वार्डस्तरीय मेयर कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ६ ले जितेको छ ।
तिलोत्तमा–६ कुञ्जलापुर स्थि तझरना स्पोर्टस क्लबको खेलमैदानमा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर ४ लाई टाईब्रेकरमा ४–२ ले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो ।
त्यसअघि प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिनु परेको थियो । जसमा वार्ड नम्बर ६ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिा कै सर्वोत्कृष्ट खेलाडी वार्ड नम्बर ६ का अजय थापा घोषित भए । विजेता बनेको वार्ड नम्बर ६ ले उपाधिसहित नगद ७५ हजार हात पार्यो भने उपविजेता वार्ड नम्बर ४ ले ५० हजारमा चित्त बुझायो ।
नगर खेलकुद विकास समिति, तिलोत्तमाको आयोजना तथा झरना स्पोर्टस क्लबको संयोजन र व्यवस्थापनमा सम्पन्न प्रतियोगितामा तिलोत्तमा नगर भित्रका कुल १७ वार्डस्तरका टोलीहरुले सहभागिता जनाएका थिए ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने