भद्रपुर । संकटा फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै एपीएफ एफसी चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा एपीएफले चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ।
निर्धारित समयमा दुबैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो। टाइब्रेकरमा पनि ३–३ गोलको बराबरी भएपछि भएको सडन डेथमा एपीएफ भाग्यमानी सावित हुँदै अघिल्लो चरणमा प्रवेश गरेको हो।
सडन डेथमा पनि ३–३ जना खेलाडीले गोल प्रहार गरेका थिए। प्रतीक्षा राईको गोल बाहिरिएपछि संकटा घर फर्किएको हो। सडन डेथमा एपीएफका सरु लिम्बू, हिराकुमारी भुजेल र अञ्जना रानामगरले गोल गरेका थिए। संकटाका तर्फबाट सुशीलाकुमारी चौधरी र झुमा विश्वकर्माले गोल गरेका थिए।
यसअघि भएको टाइब्रेकरमा एपीएपका गीता राना, अनिता बस्नेत र रश्मिकुमारी घिसिङले गोल गरेका थिए भने अनिता केसी र रेनुका नगरकोटीको प्रहारलाई संकटाका गोलकिपर सुशीलाकुमारी चौधरीले बचाउ गरेकी थिइन्।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा