News चौथो न्यु युथ युनियन कप शुरु, सुर्यमुखीको विजयी शुरुवात
गोलनेपाल

तानसेन । पाल्पामा मंगलबारदेखि शुरु भएको चौथो न्यु युथ युनियन कपमा सुर्यमुखी युवा क्लब, रुपन्देहीले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा सुर्यमुखीले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । तानसेन स्थित टुँडिखेल मैदानमा भएको खेलमा सुर्यमुखीका लागि शम्भु घर्ती र सुनिल थापाले गोल गरे । खेलमा सुर्यमुखीका सुनिल थापा म्यान अफ द म्याच समेत चुनिए ।

यो जितसँगै सुर्यमुखी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १६ गते बुधबारको खेल आयोजक न्यु युथ युनियन क्लब, पाल्पा र न्यु हिमाली युवा क्लब, चिलाङ्दी, पाल्पा बीच हुने आयोजकले जानकारी दियो ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २६ गतेका दिन हुनेछ ।

 

Post Comments