News सहज जितका साथ मनोभाव चौथो न्यु युथ युनियन कपको क्वाटरफाइनलमा
गोलनेपाल

तानसेन । एकतर्फी जित निकाल्दै मनोभाव फुटबल क्लब, रुपन्देही पाल्पामा जारी चौथो न्यु युथ युनियन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ मनोभावले साविक विजेता दमकडा ब्रदर्श फुटबल क्लब, दमकडालाई ५–१ को अन्तरले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । मनोभावको जितमा आवेश शाहीले ह्याट्रिक गरे भने अनुज गैरे र दर्शन बिकले समान एक–एक गोल गरे । उता पराजित दमकडाका लागि भने रोशन गाहाले एक मात्र गोल फर्काएका थिए । खेलमा मनोभावका आवेश शाही म्यान अफ द म्याच बने ।

प्रतियोगिता अन्तर्गत बैशाख १८ गते शुक्रबारको खेल समपुर्ण युवा क्लब, सुपौली र भगवती युवा क्लब, तानसेन बीच हुने आयोजकले जानकारी दियो ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २६ गतेका दिन हुनेछ ।

 

Post Comments