News आर.आई.एफसी १३औं रारा रनिङ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

राजारानी । आर.आई.एफसी, काठमाडौं जारी १३औं रारा रनिङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो खेल र दोस्रो क्वाटरफाइनलतर्फा आर.आई.एफसीले धरान फुटबल क्लब, सुनसरीलाई २-१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

आर.आई.एफसीको जितमा दोर्जी तामाङ र मनोज राईले गोल गरे । उता पराजित धरानका लागि भने एन्सन राईले गोल गरेका थिए । खेलमा आर.आई.एफसीका मनोज राई प्लेयर अफ द म्याच चुनिए ।

Post Comments