
काठमाडौं (एजेन्सी) । आफ्नो पछिल्ला तीन खेलहरुमा शानदार जित निकाल्दै लिगतालिकाको शिर्ष स्थानमा समेत पुगेको किरन चेम्जोङको टोली राउण्डग्लास पञ्जाब एफसी बिहीबार रियल काश्मिरसँग १–१ को बराबरीमा रोकिएको छ ।
खेलमा गोलको शुरुवाती अग्रता जोगाउन नसक्दा पञ्जाबले बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलको ६६औं मिनटमा जोसेबा बिटाको पेनाल्टी गोलबाट पञ्जाबले खेलमा अग्रता बनाएको थियो ।
तर ७७औं मिनटमा काश्मिरका लागि डिपान्डा डिकाले गोल गर्दै खेललाई १–१ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसअघि दुवै टोली दश–दश खेलाडीमा समेत सिमित भएका थिए ।
खेलको ६३औं मिनटमा पञ्जाबका चेन्चो ग्याल्सेन र काश्मिरका जोहिब इस्लाम अमिरी एक अर्का विरुद्ध खनिएपछि दुवैलाई रेफ्रीलाई रातो कार्ड देखाएका थिए ।
यो बराबरी नतिजापछि ९ खेलबाट १५ अंक जोडेको पञ्जाब लिगतालिकाको दोस्रो स्थानमा छ । उता काश्मिर भने ८ खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा छ । उता शिर्ष स्थानमा भने ८ खेलबाट १६ अंक जोडेको चर्चिल ब्रदर्श रहेको छ ।
पञ्जाबले आफ्नो आगामी खेल मार्च १ तारीखका दिन नेरोकासँग खेल्नेछ ।
High flying @RGPunjabFC held to a draw by @realkashmirfc
— Hero I-League (@ILeagueOfficial) February 18, 2021
Read 👉 https://t.co/i6DuAUSpn0#RKFCRGP ⚔️ #HeroILeague 🏆 #LeagueForAll 🤝 #IndianFootball ⚽ pic.twitter.com/4fZAsdMlIG