काठमाडौं । शुक्रबार आर्मी विरुद्धको अन्तिम खेलमा एपिएफले ३–० को जित निकाल्दा दुई गोल गरेकी सरु लिम्बु राष्ट्रिय महिला लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । सर्वोत्कृष्ट बने वापत उनले एक थान स्कुटर समेत हात पारेकी छिन् ।
लिगको अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रशिक्षक पनि एपिएफ कै भगवती थापा बनेकी छिन् । चोटका कारण अन्तिम दुई खेल गुमाएकी एपिएफकी साबित्रा भण्डारी भने उत्कृष्ट फरवार्ड घोषित भईन् । उत्कृष्ट डिफेन्डर पुलिसकी अमृता जैसी चुनिईन् भने उत्कृष्ट गोलरक्षक पनि पुलिस कै उषा नाथ बनिन् ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर आर्मीकी बिमला चौधरी घोषित भईन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५०–५० हजार हात पारे । त्यसैगरी फेयर प्ले टिम भने चन्द्रपुर नगरपालिका, रौतहट बन्यो । त्यसवापत चन्द्रपुर नगरपालिकाले ट्रफी सहित एक लाख ५० हजार समेत हात पार्यो ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न