News एपिएफकी सरु लिगको सर्वोत्कृष्ट
गोलनेपाल

काठमाडौं । शुक्रबार आर्मी विरुद्धको अन्तिम खेलमा एपिएफले ३–० को जित निकाल्दा दुई गोल गरेकी सरु लिम्बु राष्ट्रिय महिला लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । सर्वोत्कृष्ट बने वापत उनले एक थान स्कुटर समेत हात पारेकी छिन् ।

लिगको अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रशिक्षक पनि एपिएफ कै भगवती थापा बनेकी छिन् । चोटका कारण अन्तिम दुई खेल गुमाएकी एपिएफकी साबित्रा भण्डारी भने उत्कृष्ट फरवार्ड घोषित भईन् । उत्कृष्ट डिफेन्डर पुलिसकी अमृता जैसी चुनिईन् भने उत्कृष्ट गोलरक्षक पनि पुलिस कै उषा नाथ बनिन् ।

त्यस्तै उत्कृष्ट मिडफिल्डर आर्मीकी बिमला चौधरी घोषित भईन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५०–५० हजार हात पारे । त्यसैगरी फेयर प्ले टिम भने चन्द्रपुर नगरपालिका, रौतहट बन्यो । त्यसवापत चन्द्रपुर नगरपालिकाले ट्रफी सहित एक लाख ५० हजार समेत हात पार्यो ।

 

Post Comments