कानेपोखरी, मोरङ | तेस्रो हिमाल च्यालेन्ज कप–२०८३
तेस्रो हिमाल च्यालेन्ज कप २०८३ अन्तर्गत तेस्रो दिनको तेस्रो क्वाटरफाइनल खेलमा आयोजक टोली हिमाल युनाइटेड एफसी पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
निर्धारित समयमा केराबारी एफसी, मोरङ र हिमाल युनाइटेड एफसी बीचको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। खेलका सबै गोल दोस्रो हाफमा भएका थिए।
केराबारी एफसीका लागि अनिल परियार र प्रवेश बस्नेतले गोल गरे भने हिमाल युनाइटेडका लागि विराज लिम्बु र उमेश कार्कीले गोल फर्काएका थिए।
बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो, जहाँ हिमाल युनाइटेडले ५–४ गोलअन्तरले जित निकाल्यो। केराबारी एफसीका कप्तान विक्रम चेम्जोङको पेनाल्टी मिस भएपछि हिमाल युनाइटेडले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
उत्कृष्ट प्रदर्शन गरेका हिमाल युनाइटेडका गोलरक्षक नवराज घिसिङ “म्यान अफ द म्याच” घोषित भए।
हिमाल युनाइटेड एफसी, कानेपोखरी–६, मोरङ द्वारा आयोजित प्रतियोगितालाई कानेपोखरी गाउँपालिका, मोरङले सहयोग गरेको छ। प्रतियोगिताको विजेताले रु. १ लाख तथा उपविजेताले रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगितामा कोशी प्रदेश पुलिस क्लब, विराटनगर, लेटाङ एफसी, मोरङ, केराबारी एफसी, मोरङ, पञ्चायन एफसी, सुनसरी, हिमाल युनाइटेड एफसी, पथरी–११, पथरी, चुलाचुली स्पोर्टिङ क्लब, झापा तथा फेयर फुटबल क्लब, धरान सहभागी रहेका छन्।
भोलि हुने चौथो क्वाटरफाइनल खेलमा चुलाचुली स्पोर्टिङ क्लब, झापा/दमक र फेयर फुटबल क्लब, सुनसरी/दमक बीच प्रतिस्पर्धा हुनेछ।