बिर्तामोड । झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप हुने भएको छ । प्रतियोगिता जेठ अन्तिम साता हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।
आयोजक बिर्तामोड युनाइटेड फुटबल क्लबका अनुसार डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिता जेठ २४ गतेदेखि सुरु हुनेछ । प्रतियोगितामा आठ टिम रहनेछन् । जेठ ३१ गते हुने फाइनल खेलको विजेताले नगद एक लाख ११ हजार १११ रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक अनिश सुवेदीले जानकारी दिए । उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, मेडल र ट्रफी पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद तीन हजार र ट्रफी पाउनेछ । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार र ट्रफी प्राप्त गर्ने क्लबका सचिव सन्तोष राई जानकारी दिए । विधागतर्फ उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र उदीयमान खेलाडीलाई नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा
- पुर्वेली भेट्रान्स चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा