News शिवसतासीमाथि केराबारीको शानदार जित, सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सुन्दरहरैंचा । चौथो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न क्वार्टरफाइनल खेलमा केराबारी गाउँपालिकाले शिवसतासी नगरपालिकालाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा केराबारीको जितका लागि भुवन बस्नेत र नितेश लिम्बूले समान एक–एक गोल गरे। शिवसतासी नगरपालिकाका तर्फबाट जर्सी नम्बर १७ का निरज श्रेष्ठले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका केराबारीका जर्सी नम्बर ७ का नितेश लिम्बू प्लेयर अफ द म्याच घोषित भए। उनले नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे।

यस जितसँगै केराबारी गाउँपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अब भोलि हुने अन्तिम क्वार्टरफाइनल खेलमा लेटाङ नगरपालिका र इटहरी उपमहानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

Post Comments