News इटहरी सेमिफाइनलमा
गोलनेपाल

सुन्दरहरैचा । चौथो सुन्दरहरैचा मेयर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकाले लेटाङ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। खेल अवधिभर दुवै टोलीले पाएका केही उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा निर्धारित समयमा गोल हुन सकेन।

दोस्रो हाफमा इटहरीका निस कुमारले वान–भर्सिस–वानको अवस्थामा गोल गर्ने सुनौलो अवसर गुमाएका थिए। लेटाङका गोलकिपर अविषेक बरालले निस कुमारको प्रहार उत्कृष्ट रूपमा बचाउँदै टोलीलाई खेलमा कायम राखेका थिए।

खेलभर प्रभावशाली प्रदर्शन गरेका इटहरी उपमहानगरपालिकाका निवास फुयाल ‘प्लेयर अफ द म्याच’ घोषित भए।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भोलि हुनेछ, जहाँ केराबारी गाउँपालिकाले बेलबारी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।

Post Comments