News
पाकिस्तानलाई ऎतिहासिक उपाधी, फाइनलमा अफगानिस्तान निराश
काठमाडौ । अपराजित रहँदै माल्दिभ्समा सम्पन्न डायमण्ड जुब्ली कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी पाकिस्तानले जितेको छ । फाइनलमा पाकिस्तानले अफगानिस्तानलाई २-० ले हराउँदै ऎतिहासिक उपाधी जित्न सफल भएको हो ।
स्मरण रहोस, पाकिस्तानले लिगचरणतर्फ पनि अफगानिस्तानलाई समान २-० को अन्तरले हराएको थियो ।त्यसबाहेक पाकिस्तानले आफ्नो पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा आयोजक माल्दिभ्सलाई ३-० ले हराएको थियो ।
व्यक्तिगत बिधातर्फ पनि पाकिस्तान कै वर्चस्व रह्यो । दुई बिधातर्फ दिइएको अवार्डमा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी र सर्वाधिक गोलकर्ता क्रमशः ओटिस खान र हरुन हामिद बने ।
६४ वर्षपछि ऎतिहासिक रुपमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेको पाकिस्तानले त्यो अवसरलाई सुवर्ण अक्षरले लेख्न समेत सफल भएको छ ।
Post Comments