News
रेनुका भुटानी क्लबमा अनुबन्धित
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी अनुभवी मिडफिल्डर रेनुका नगरकोटीले पनि भुटानी महिला लिग खेल्ने भएकी छिन् ।
रेनुकालाई पारो फुटबल क्लबले जारी सिजनका लागि अनुबन्ध गरेको हो । साथै रेनुकालाई अनुवन्ध गरेको कुरा पारोले आफ्नो सामाजिक सञ्जाल मार्फत समेत जानकारी गराएको छ ।
रेनुकाले हालै मात्र भारतको चर्चित आई लिगमा किकस्टार्ट फुटबल क्लबका लागि समेत खेलेकी थिईन् ।
रेनुकाको आगमन र अनुभवले टोली थप बलियो तथा सफल बन्ने विश्वास पारो फुटबल क्लबले लिएको छ ।
Post Comments