News
प्रथम कर्णाली फुटसल कप हुने
काठमाडौं । नेपाल अर्गानिक घरको आयोजनामा प्रदेश नं. ६ र ७ का खेलाडीहरूलाई लक्षित गरी प्रथम कर्णाली फुटसल कप हुने भएको छ ।
होपराईज फुटसल, निकोसेरा, भक्तपुरमा यही साउन १६ र १७ गते हुने प्रतियोगितामा सहभागिताका लागि यही साउन १० गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५५५५ तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिता मार्फत भाइचारा, आपसी सम्बन्ध, एकता, अनुशासन र कर्णालीका खेलाडीहरूबीचको सहकार्यलाई अझ बलियो बनाउने साझा अभियानका रुपमा समेत लिइएको आयोजकले जनाएको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि
- सातौँ सिसेःक्पा कप २०८३ : पुरुषतर्फ सेभेन वेज र महिलातर्फ कृजल एफसी च्याम्पियन,