News ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
गोलनेपाल

तुलसीपुर । दाङको तुलसीपुर ६ मा आयोजित प्रथम ज्ञानसिन्धु ५-ए साइड फुटसल कप २०८३ को उपाधि ज्ञानज्योति बोर्डिङ स्कुलले हात पारेको छ।

डिभाइन एजुकेसन फाउन्डेसन प्रालि (तुलसीपुर-६, दाङ) को आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगिताको रोमान्चक फाइनल खेलमा ज्ञानज्योति बोर्डिङ स्कुलले तुलसी बोर्डिङ स्कुललाई २-१ को प्रतिस्पर्धात्मक गोल अन्तरले पराजित गर्दै पहिलो ऐतिहासिक उपाधि चुमेको हो।

'प्यासन, टिमवर्क, डिसिप्लिन र च्याम्पियनसिप' भन्ने मूल नाराका साथ सञ्चालित यस अन्तर-विद्यालय फुटसल प्रतियोगितामा यस क्षेत्रका प्रतिष्ठित विद्यालय तथा एकेडेमीहरू बीच कडा प्रतिस्पर्धा भएको थियो। फाइनल खेल अवधिभर दुवै टिमले उत्कृष्ट रणनीतिक प्रदर्शन गरे तापनि ज्ञानज्योतिले आफ्नो उत्कृष्ट बचाउ र आक्रामक लयलाई कायम राख्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भयो।

Post Comments