News सहारा एकेडेमीलाई सहयोग गर्न सरकार तयार : का.वा. मुख्यमन्त्री गुरुङ
गोलनेपाल

गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले नेपाली फुटबल मै एक विशेष पहिचान बनाएको सहारा एकेडेमी, पोखराको खेल मैदान थप विस्तार गर्न आग्रह गरेका छन्् ।

शनिबार सहारा एकेडेमी सहित एकेडेमीका वालकहरुसंग भेटघाट गर्दै मुख्यमन्त्री गुरुङले पोखरामा स्तरिय फुटवल मैदान अभाव भएको अबस्थामा क्लवले एकेडेमीको खेल मैदानलाई ब्यबस्थित पार्न सुझाव दिएका थिए ।

मन्त्री गुरुङले भने “हामीले सोचे भन्दा सहारा एकेडेमी धेरै फरक ढंगबाट संचालन भएको रहेछ, यसलाई दिगो रुपमा संचालन गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार छ ।”

मुख्यमन्त्री गुरुङलाई क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष विरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली लगायतले स्वागत गर्दै क्लवको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

दोबिल्लामा रहेको सहारा क्लब पोखराद्धारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरु सम्मिलित १३ जिल्लाका २५ जना वालकहरु एकेडेमीमा रहेका छन् ।

साथै क्लबले वार्षिक रुपमै मोफसलको प्रतिष्ठित मध्ये एक आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पनि आयोजना गर्दै आईरहेको छ ।

Post Comments