News भ्याली स्पोर्ट्स, संगम, गार्डेन र ब्रदरहुड सेमिफाइनलमा
गोलनेपाल
पोखराको टुडिँखेल मैदानमा जारी दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स (३५ वर्ष माथि) सेभेन ए साइड नयाँ गल्ली कप फुटबल प्रतियोगितामा क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न भएका छन् ।

विहिवार भएको खेलमा भ्याली स्पोर्ट्सले एलजी एसोसिएसनलाई २–१ गोलले हराउँदै अन्तिम चारको यात्रा तय गरेको छ ।

भ्यालीको जितमा राजु गुरुङ र इश्वर गुरुङले समान एक एक गोल गरे । एलजीको लागि कान्या गुरुङले एक गोल गरे ।

अर्को खेलमा ब्रदरहुडले गोर्खा अनलिमिमटेड फिट्नेस सेन्टरलाई २–० गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित पारेको छ । ब्रदरहुडको जितमा कुमार गुरुङ र मनोज गुरुङले समान एक एक गोल गरे । तेस्रो क्वाटरफाइनल खेलमा संगमले आयोजक नयाँ गल्ली भेट्रान्सलाई टाइब्रेकरमा २–१ ले हराउँदै सेमिफाइनलमा ब्रदरहुडसंगको भेट पक्का गरेको छ ।

निर्धारित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

यस्तै अन्तिम क्वाटरफाइनल खेलमा गार्डेनले पाहुना टोली काल भैरव हेटौडा माथि १–० को संघर्षरत जित निकाल्दै सेमिफाइनलमा भ्यालीसंगको भेट पक्का गरेको छ । गार्डेनको जितमा मनबहादुर गुरुङले निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तर्गत शुक्रवार सेमिफाइनलका सम्पुर्ण समिकरण सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

 

Post Comments