News पेस एक्स स्पोर्टसलाई ५ ए साइड महिला प्रिमियर लिगको उपाधि
गोलनेपाल

ललितपुर,। आयोजक पेस एक्स स्पोर्टसले पेस एक्स स्पोर्टस ५ ए साइड महिला प्रिमियर लिगको उपाधि जितेको छ।

ललितपुरको बालकुमारीस्थित आर स्क्वायर गेम स्टेशनमा पेस एक्स स्पोर्टसको आयोजनामा असोज ३ र ४ गते सञ्चालन भएको प्रतियोगिताको फाइनलमा पेस एक्स स्पोर्टसले स्टुडेन्ट एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै पेस एक्स स्पोर्टसले रु. ५५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता स्टुडेन्ट एफसीले रु. २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।यस्तै, तेस्रो स्थानमा रहेको कृजल एफसीले रु. १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

व्यक्तिगत विधातर्फ पेस एक्स स्पोर्टसकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन्। उनले रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्।कृजल एफसीकी रेनुका हमाल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले पनि रु. ३ हजार १०० नगदसहित ट्रफी प्राप्त गरिन्। र प्रतियोगिताको फेयर प्ले टिम बनेका याक्थुङ एफसी ले नगद रु. ३ हजार १०० सहित ट्रफि प्राप्त गरेको छन्।

Post Comments