News
निर्माण व्यावसाय संघ कैलाली भेट्रान पेनाल्टी सुट आउटमा च्याम्पियन
कञ्चनपुर जिल्ला स्थित कृष्णपुर नगरपालिकामा आयोजना गरिएको भेट्रान पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको उपाधी निर्माण व्यवसाय संघ कैलालीले जितेको छ।
“स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद ” भन्ने मुन नाराका साथ नेपाली कांग्रेस केन्द्रिय खेलकुद विभागको आयोजनामा र नेपालि कांग्रेस कञ्चनपुर क्षेत्र न.२ को समन्वयमा यहि फागुन १५ गते सनिवारका दिन कृष्ण मा.बि कृष्णपुरको खेलमैदानमा सहिद मदनलाल जोशी ,शास्त्री निर्मल ओझा,गोपाल दत्त जोशीको स्मृतिमा सर्वाधिक धनराशि भएको पेनाल्टी सुट आउट फुटबल प्रतियोगितामा-२०७७ को फाइनल खेलमा सरस्वती मा.बि बेदकोट नगरपालिका धरमपुर कञ्चनपुर लाई निर्माण व्यावसाय संघ कैलालीले ३-२ गोलको अन्तरले पाखा लगाउदै भेट्रान पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
विजेता अर्थात च्याम्पियन हुने टिम निर्माण व्यावसाय संघ कैलालीले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद धनराशि प्रमाणपत्र मेडल र ट्रफी हात पारेको छ। यो संगै उपविजेता हुने टिम सरस्वतीले ५१ हजार १ सय ११ रुपैयाँ मेडल प्रमाणपत्रमा ट्रफीमा चित्त बुझाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी महेन्द्रनगर युनाइटेडका चन्द्र सिंह थलालले नगद ५ हाजर १ सय ११ रुपैयाँ नगद र ट्रफी हात पारेका छन् ।
खेलकुद विकासका लागि भेट्रान टिमको पनि त्यतिकै आवश्यकता र महत्त्वपूर्ण भुमिका रहदै आएको हुँदा एउटा आउने भावीपिणि लाई पनि केही सकारात्मक प्रभाव संगै यस्ता प्रतियोगिताको मनन गरि एउटा फुटबल विकासमा ठुलो सहयोग पुग्ने हुँदा भेट्रान पेनाल्टी सुट फुटबलको आयोजना गरिएको प्रतियोगिता संयोजक ज्ञानेन्द्र बहादुर सिंहले बताउनु भएको छ। उनका अनुसार उक्त भेट्रान पेनाल्टी सुट आउट फुटबल प्रतियोगितामा कैलाली र कञ्चनपुरका २९ वटा भेट्रान टिमको सहभागीता रहेको र प्रतियोगितामा सहभागी टिमले टिम दर्ता शुल्क ५ हजार तोकिएको थियो।
प्रतियोगिताका सभापति संयोजक ज्ञानेन्द्र बहादुर सिंह,प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पुर्व सिचाइ मन्त्री एन.पि साउँद र विशिष्ट अतिथी नेपाली कांग्रेस केन्द्रीय सदस्य पुर्व सूचना तथा सञ्चार मन्त्री नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका संयोजक मोहन बहादुर बस्नेत रहनु भएको थियो। भने खेलकुद क्षेत्रमा आबद्ध रहेका संघसंस्थाका प्रतिनिधिहरु लगाय खेल प्रेमीको सहभागी रहेको थियो।
Post Comments
Related News
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा