News पोखरामा प्रथम राजन खुला फुटसल प्रतियोगिता हुने
उमेश पुन

राजन ब्रदरहुड र स्पोर्टस क्यासलको संयुक्त आयोजनामा अर्को महिना प्रथम राजन खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

पोखरा–४ गणेशटोल स्थित स्पोर्टस क्यासल फुटसल एरिनामा आउँदो चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगितामा नेपालभरिका ३० भन्दा बढी टोलीहरुले सहभागिता जनाउने आइतबार सम्मेलनमा जानकारी गराइयो ।

फुटबलसँगै फुटसलको पनि विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्ने खेल संयोजक राजन गुरुङले बताए ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित २५ हजार तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई ट्रफीसहित जनही १०–१० प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

आयोजकका अनुसार प्रतियोगितामा दर्ता भएका फुटसल क्लबहरुले मात्र सहभागिता जनाउने बताइएको छ । त्यस्तै केही भारतीय क्लबहरुसँग पनि प्रतियोगितामा सहभागिता जनाउनका लागि आवश्यक पहल भईरहेको आयोजकले जानकारी दियो । प्रतियोगिता आयोजना गर्न १२ लाख जति खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Post Comments