News तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि निजगढ युवा क्लवलाई
गोलनेपाल

तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि निजगढ युवा क्लव ए ले जितेकोछ ।

आईतबार सम्पन्न फाईनलमा योङ्गस्टार युवा क्लवलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लवले तेस्रो संस्करणको निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएकोहो । निर्धारित समयमा दुवै टिमका खेलाडीबाट गोलकालागि थुप्रै प्रयास भएपनि गोल हुन नसकेपछि खेल टाईब्रेक्ररमा धकेलिएकोथियो। उपाधि बिजेता निजगढ युवा क्लव ए ले ट्रफी सहित १ लाख रुपैंया प्राप्त गरेकोछ भने उपविजेता योङ्गस्टार युवा क्लवले ४५ हजार रुपैंया प्राप्त गरेकोछ । खेलको म्यान अफ द म्याच निजगढ युवा क्लव ए का गोलरक्षक रोशन धामी भए ।

विधागत रुपमा प्रतियोगिताको उत्कृष्ट डिफेन्स योङ्गस्टार युवा क्लवका सुनिल लामा भए भने उत्कृष्ट गोलरक्षक निजगढ युवा क्लव ए का रोशन धामी भए । त्यसैगरी निजगढ युवा क्लव ए का कप्तान राजकिशोर धामी प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर भए भने प्रतियोगिताका उत्कृष्ट खेलाडी योङ्गस्टार युवा क्लवका अरुण लामा भए । प्रतियोगिताको फियर प्ले अवार्ड रतनपुर युनाईटेड युथ क्लवले हात पार्यो भने सर्वाधिक गोलकर्ता निजगढ युवा क्लव ए का समिर तामाङ (९ गोल) भए । विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले ट्रफी हात पारे ।

निजगढ युवा क्लवद्वारा आयोजित प्रतियोगितामा निजगढ नगरपालिकाका १६ वटा क्लवहरुले प्रतिस्पर्धा गरेकाथिए । यसअघि कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्नुहुदै निजगढका मेयर सुरेश कुमार खनालले निजगढमा फुटबल खेलको बिकास गर्दै खेलाडी उत्पादन गर्न नगरपालिकाले ग्रास रुट फुटबललाई प्राथमिकता दिने बताउनुभयो । मेयर खनालले मेयर कप फुटबल खेलाडी उत्पादन र पहिचान गर्ने महत्वपूर्ण माध्यम भएको जनाउनुभयो ।

स्थानीय खेलाडीहरुलाई नियमित प्रशिक्षणको व्यवस्थाकोलागी नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाईरहेको मेयर खनालले जनाउनुभयो । समापन समारोहलाई राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव युवराज लामा,नेपाल तेक्वान्दो संघ प्रदेश २ का अध्यक्ष पेमासिद्धि लामा,अखिल नेपाल फुटबल संघ एन्फा प्रदेश २ का अध्यक्ष नेपाल कार्कीले सम्बोधन गर्नुभएकोथियो ।

Post Comments