News बाँसगढी नगरपालिका सेमिफाइनलमा
सुरज राना मगर

बढैयाताल । बाँसगढी नगरपालिका यहाँ जारी दोस्रो बर्दिया जिल्ला पालिका कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बढैयाताल–८ स्याउलीबजार स्थित बर्दिया खेलमैदानमा भएको खेलमा बाँसगढीले बारबर्दिया नगरपालिकालाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

बाँसगढीको जितमा अर्जुन थापा मगर र यज्ञ थापा मगरले एक–एक गोल गरे । बाँसगढीका गोलकर्ता अर्जुन थापा मगर खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत फागुन १८ गते सोमबारको क्वाटरफाइनल खेल राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बीच हुने खेल संयोजक शम्शेर मल्लले जानकारी दिए ।

कालिका सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, बढैयाताल–८, स्याउलीबजार बर्दियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि फागुन २२ गतेका दिन हुनेछ ।

Post Comments