News
युनाइटेड क्लब अफ तरहरा फाइनलमा
इटहरी । युनाइटेड क्लब अफ तरहरा जारी पाँचौं मनसुन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पहिलो सेमिफाइनलमा युनाइटेड क्लब अफ तरहराले सिद्धार्थ युवा समाजलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुग्न सफल भएको हो ।
खेलमा युनाइटेड क्लब अफ तरहराका असिम राई प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत कार्तिक १ गते आइतबारको दोस्रो सेमिफाइनल खेल शान्तिनगर फुटबल क्लब र सोमबारे फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
शान्तिनगर फ्यान्स क्लबको आयोजना तथा शान्तिनगर फुटबल क्लब, सुनसरीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।
Post Comments