News लुम्बिनी विकास बैंकद्धारा सहारालाई आर्थिक सहयोग
सुदर्शन रञ्जित

पोखरा । लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको मोफसलको परिचित सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैया आर्थिक सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकमवापत बैंकले सो रकम सहयोग गरेको हो ।

सो अवसरमा बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेब पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगाएतले सहारा क्लबका अध्यक्ष केशब थापालाई चेक हस्तान्तरण गरेका थिए ।

बैंकको सामाजीक उत्तरदायीत्व अन्तरगत एकेडेमीलाई सहयोग गरेको बैंकका सञ्चालक रामचन्द्र सिग्देलले बताए । ‘बैंकले सहारा क्लबलाई तीन वर्ष देखी सहयोग गर्दै आएको छ,’ सिग्देलले भने ‘यो सहयोगले पक्कै पनि फुटबल विकासमा टेवा पुग्ने छ ।’ उनले बैंकले सामाजीक क्षेत्रमा सामाजीक उत्तरदायीत्व अन्तरगत अन्य ठाउँमा पनि सहयोग गर्दै आएको बताए । ‘आमा बाबु नभएको बालकलाई अभिभावकत्व दिनु सहज छैन, उनले भने–‘क्लबले पुण्य काम गरेको छ । त्यसमा केही सहयोग होस् भनेर सहयोग गर्दै आएका छौ ।’

क्लबका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै यस्ता सहयोगहरुले एकेडेमी सञ्चाल गर्न सहयोग पुग्ने बताए । पुर्व अध्यक्ष विक्रम थकालीले बैंकले आहा रारा गोल्डकपलाई लामो समय देखी बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको स्मरण गर्दै यसले आगामी दिनमा पनि निरतरता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहारा क्लबका सचिब सुनिल रानामगर, पूर्व कार्यसमिति सदस्य राजकुमार गुरुङ, रविन श्रेष्ठ र प्रकाश रानाले सहारा फुटबल एकेडेमिका बारेमा जानकारी दिएका थिए ।

क्लबले २०६१ सालदेखि निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १४ जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु आश्रित छन् । निरन्तर सहयात्रा भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आएका छ । त्यसै गरी गण्डकी प्रदेशमा १२ वटा र पोखरामा ८ वटा शाखा छन् । बैंकले विभिन्न प्रकारका निक्षैप, कर्जा, एबिबिएस सेवा, मोवाइल बैंकिङ, एटिएम, लकर लगाएतका सेवा प्रदान गर्दै आएको छ ।

Post Comments