News
रोहित चम्किदा भैरव फाइनलमा
बुङ्ची । भैरव स्पोर्टस क्लब, नवलपरासी जारी प्रथम सुर्योदय कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गर्ने क्रममा भैरवले सोमबार भएको दोस्रो सेमिफाइनलमा न्यु युथ युनियन क्लब, पाल्पालाई २–० ले हरायो ।
बुङ्ची, कपिलवस्तु स्थित सिद्धार्थ खेलमैदानमा भएको खेलमा भैरवका लागि दुवै गोल रोहित थारुको नाममा रह्यो । रोहितले खेलको दशौं र ३४औं मिनटमा गरेको दुई गोल भैरवलाई उपाधि नजिक पुर्याउन प्रर्याप्त बन्यो । भैरवका निर्णायक गोलकर्ता रोहित थारु खेलको म्यान अफ द म्याच समेत चुनिए ।
भैरवले अब फाइनलमा यहि फागुन १९ गतेका दिन आयोजक सुर्योदय सामाजिक विकास संस्था, बुङची कपिलवस्तुसँग उपाधिका लागि भिड्ने छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ ।
Post Comments
Related News
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा