News खनाललाई लगातार दोस्रो उपाधि
गोलनेपाल

सुर्यनगर । फागुनको शुरुवाततिर रुपन्देहीमा सम्पन्न तेस्रो सैनामैना मेयर कपको उपाधि जितेको खनाल ब्रदर्श, रुपन्देहीले लगातार दोस्रो उपाधिका रुपमा शनिबार छैटौं सुर्यनगर गोल्डकप जित्न सफल भएको छ ।

बर्दघाट–१६ स्थित सुर्यनगर रंगशालामा भएको फाइनल भिडन्तमा खनाल ब्रदर्शले लेखनाथ युनाइटेड, कास्कीलाई सडन डेथमा हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । विजेता बनेको खनालले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता लेखनाथले ३ लाखमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल, आयोजक नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुङ लगायत अन्य अतिथीहरुले पुरस्कृत गरे । श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगर नवलपरासीको आयोजनामा गत फागुन १० गतेदेखि शुरु प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments