News
संकटा क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा
![](https://nepali.goalnepal.com/uploads/news/1615642057.jpg)
हेटौंडामा जारी सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ को शनिबार भएको खेलमा संकटाले पुलिसलाई १–० गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रबेश गरेको छ।
संकटाको जीतमा एकमात्र निर्णायक गोल विदेशी खेलाडी एकियोले गरे । उनले खेलको ३१ औं मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच संकटाका मिडफिल्डर नितिन थापा घोषित भए । उनले नगद दशहजार रुपैया“ प्राप्त गरे ।
अब संकटाको भेट ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबसग हुनेछ ।
प्रतियोगिता अन्तर्गत आइतबार सशस्त्र प्रहरी (एपीएफ) वाग्मती फुटबल क्लब सर्लाहीवीच खेल हुनेछ । प्रतियोगिता चैत ७ गतेसम्म सञ्चालन हुनेछ ।
मकवानपुर जिल्ला फूटबल संघ द्वारा आयोजित प्रतियोगिताको बिजेताले १० लाख प्राप्त गर्नेछ।
Post Comments