News स्व. लोक प्रसाद गुरुङ स्मृति सेभेन ए साईड फुटबल शुरु
सुरज राना मगर

बुटवल । डिएमसी, तुल्सीपुरको आयोजनामा क्लबका पूर्व खेलाडी तथा म्यानेजर स्व. लोक प्रसाद गुरुङको स्मृतिमा सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।

चैत १ गते आइतबारका दिन भएको उद्घाटन खेलमा डिएमएससी र सम्पुर्ण युवा क्लबले जित हात पारेका छन् । उदघाटन खेलमा डिएमएससीले जनज्योति क्लबमाथि ३–१ को जित निकाल्यो ।

तिलोत्तमा–९ स्थित गौतम बुद्ध माविको खेलमैदानमा भएको दोस्रो खेलमा सम्पुर्ण युवा क्लबले पक्लिहवा–११ माथि २–० को जित निकाल्दै प्रिक्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

कुल २६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने खेल संयोजक जिवन सुवेदीले जानकारी दिए ।

 

Post Comments