News अफ्रिकन रुटस एसोसिएसन, क्यामरुन सेमिफाइनलमा प्रवेश
बिक्रम बानियाँ क्षेत्री

अफ्रिकन रुटस एसोसिएसन, क्यामरुन वाग्मती युवा क्लब सर्लाही माथि जीत दर्ता गराउदै हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा सञ्चालित तेस्रो संस्करणको प्रतियोगितामा सर्लाहीलाई क्यामरुनको टोलीले २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा अग्रता भने सर्लाहीले लिएको थियो । सर्लाहीका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको अन्तिम एक मिनेट सम्हालिन नसक्दा सर्लाही प्रतियोगिताबाट बाहिरन पुग्यो ।

खेलको ८९ औं मिनेटमा क्यामरुनका लागि बेससेकले गोल गरेका थिए । क्यामरुनका लागि लोइसले ९२ औं मिनेटमा गोल गर्दै आफ्नो टिमको जीत सुनिश्चित गरे ।

खेलमा क्यामरुनका मौसा म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपैया प्राप्त गरे । क्यामरुनको जीतसगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

पहिलो सेमिफाइलनमा बुधबार आयोजक मकवानपुर–११ ले मच्छिन्द्र क्लब र क्यामरुनले विहीबार सेमिफाइनलमा त्रिभुवन आर्मी क्बलसग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments