News काठमाण्डौ किकर्सको फुटबल क्लिनिक घोषणा
गोलनेपाल

काठमाण्डौ किकर्स प्रा.लि.ले फुटबल क्लिनिक संचालनमा ल्याउने भएको छ । आज दरवारमार्गस्थित रोयल सिंघी होटलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष नविन पाण्डेले उक्त जानकारी गराएका हुन् ।

नेपालमा फुटबलको भविष्य र सम्भावना प्रचुर मात्रामा रहेको र उक्त कार्यको मार्केटिङ्ग मात्र नभएको भन्दै पाण्डे उक्त सम्भावनालाई निजी क्षेत्रबाट उजागर गर्दै अन्तराष्ट्रिय स्तरमा पु¥याउने संस्थाको उद्धेश्य रहेको बताए । राज्यको साधन र श्रोतमा मात्र निर्भर रहेमा बालबालिकामा रहेको क्षमतालाई उजागर गर्न असम्भव रहेको भन्दै अव निजी क्षेत्रले उक्त असम्भव अवस्थालाई सम्भवमा उतार्ने कार्य यस संस्थाले गर्ने बताए । त्यसका लागि त्यस उद्धेश्यका लागि दीर्घकालिन योजना सहित स्कटल्याण्डका लि. मेनसनलाई प्रशिक्षकको रुपमा अनुबन्ध गरेको जानकारी गराईयो ।

प्रशिक्षक मेनसन १९९४ देखि स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा काम गरि सकेका तथा एएफसी च्याम्पियनसिप लिग र एएफसी कपमा टिम सम्हालिसकेका प्रशिक्षक हुन् ।

नेपाली फुटबलको क्षेत्रमा विगत ४ बर्ष देखि प्रशिक्षण तथा प्रशिक्षकहरको स्तरोन्नतीको कार्य गर्दै आईरहेकोमा कोभिड १९ का कारण केहि समय स्थगित गरिएकोमा उक्त कार्यलाई पुनः संचालनमा ल्याउन लागेको बिज्ञप्ती मार्फत जानकारी गराईएको हो ।

ग्रासरुट लेभलदेखि ब्यावसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरि काठमाण्डौ किकर्स फुटबल क्लिनिक शुक्रबार देखि सुरु गर्न लागेको बिज्ञप्तीमा जनाईएको छ । सुरुवातका क्रममा आगामी शुक्रबा, शनिबार तथा आईतबार दैनिक २ घण्टा फुटबल क्लिनिकको आयोजना गर्न लागिएको हो । जसमा ६ देखि ९, १० देखि १३ र १४ देखि १६ बर्षका गरी तीन समूहका बालबालिका तथा फुटबल खेलाडीलाई प्रशिक्षण प्रदान गरिने जनाईएको छ । त्यसका लागि हाल प्रत्येक बालबालिकाबाट रु. १ हजार शुल्क राखिएको समेत जानकारी गराईयो ।

प्रशिक्षण बुढानिलकण्ठ नगरपालिका वडा नं. १० स्थित कपअन स्पोर्टस् सेन्टर (सीएससी) मा हुनेछ । उक्त सुरुवाती प्रशिक्षण पश्चात आफ्नो समय तालिका प्रकाशन गरी प्रशिक्षणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जनाएका छन् ।

Post Comments