News लुम्बिनी खुकुरीको जितसँगै क्वाटरफाइनल समिकरण पूरा
गोलनेपाल

शुक्रबार अन्तिम प्रिक्वाटरफाइनलतर्फ लुम्बिनी खुकुरी क्लबले जित हात पारेसँगै जारी तेस्रो सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेल मैदानमा भएको प्रिक्वाटरफाइनल खेलतर्फ लुम्बिनी खुकुरीले चाँदनी युवा क्लबलाई ३–० ले हरायो । लुम्बिनी खुकुरीको जितमा जितेश गुरुङले दुई गोल गरे भने सरुन थापाले थप एक गोल गरे ।

खेलमा लुम्बिनी खुकुरी कै दुई गोलकर्ता जितेश गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत मंसिर १४ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल झरना स्पोर्टस क्लब र नव टिकुलीगढ एफसीबीच हुने खेल संयोजक कमल परियारले जानकारी दिए ।

सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बाघधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिए ।

Post Comments