News ‘नेपाली गोलनेपाल’ फेरि सञ्चालनमा
गोलनेपाल

गोलनेपाल डटकमले नेपाली संस्करणलाई फेरि नेपाली फुटबल समर्थक माझ ल्याएको छ ।

बिबा मिडिया ग्रुपको मातहतमा रहेर सञ्चालित गोलनेपालसँगै खेलदैनिक डटकम पनि निरन्तर सञ्चालित छ ।

बिबा मिडिया ग्रुपका सिइओ बिक्रम थापाले गोलनेपालको नेपाली संस्करण फेरि सञ्चालन गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताए । थापा भन्छन्, “नेपाली फुटबललाई आम समर्थकहरुमाझ ल्याउन हामीले धेरै भन्दा धेरै प्रयास र कामहरु निरन्तर जारी राखेका छौं ।

नेपाली फुटबलको विकासमा हामी पछिल्ला एक दशकदेखि निरन्तर लागी परेका छौं । अब हामी अझ बढी नेपाली समर्थकहरु माझ पुग्न चाहन्छौं । हामी अझ बढी भन्दा बढी फुटबल समर्थकहरुको बीचमा रहेर फुटबल सम्बन्धी ताजा समाचारहरुलाई पुर्याउन चाहन्छौं । अब तपाईंहरु गोलनेपाललाई नेपालीमा पनि पढ्न सक्नुहुनेछ ।”

स्मरणीय छ, सन् २००९ मा स्थापना भएको गोलनेपालले देशका विभिन्न जिल्लाहरुमा पुगेर नेपाली फुटबलको विकासमा सक्रिय भएर लागिपरेको छ । विभिन्न जिल्लामा महिला, बालबालिका, रेफ्री, क्लबहरुलार्य निरन्तर खेलकुदको माध्यमबाट सहयोग अभियान पनि जारी राखेको गोलनेपालले हालसम्म २८ जिल्लाहरुको यात्रा तय गरिसकेको छ

साथै आउने दिनहरुमा देशभरका पूरै ७७ जिल्लाहरुमा पुग्ने लक्ष्य समेत गोलनेपालको रहेको छ ।

Post Comments