
हेम्जा युनाइटेडको आयोजनामा आगामी जेठको पहिलो साता छैटौँ संस्करणको शुभकामना गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
पाचौँ संस्करणसम्म शुभकामना कपको रुपमा संचालित प्रतियोगिताले छैटौँ संस्करण देखि भने गोल्डकपको रुपमा खेलाउन लागेको हो । अघिल्लो संस्करणसम्म प्रदेश स्तरीय प्रतियोगिता गर्दै आएपनि अब भने ए डिभिजनका क्लबहरुको सहभागिता रहने भएको छ ।
आयोजक हेम्जा युनाइटेडले अखिल नेपाल फुटबल संघ (एन्फा) र कास्की जिल्ला फुटबल संघलाई गोल्डकप संचालन गर्नकालागि स्विकृत माग गरेको थियो । सोहि स्विकृतको आधारमा एन्फाले क्लबलाई जेठको मिति दिएको हो । निवेदन स्विकृत गरेसंगै गोल्डकपको आयोजना गर्न पाउने भएको छ ।
एन्फाले जेठ १ गते देखि ८ गतेसम्मको मिति दिएको छ । यस्तै स्विकृत संगै आफुहरुले प्रतियोगिताको तयारी गर्न लागेको हेम्जा युनाइटेका अध्यक्ष इन्द्र कुवरले जानकारी दिए ।
प्रतियोगितामा आयोजक, ए डिभिजन तथा वि डिभिजन सहित ८ टिमको सहभागिता रहने अध्यक्ष कुवरले बताए ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने