News प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा डाडाबजार, धनकुटा विजयी
गोपाल काफ्ले

प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा डाडाबजार धनकुटा विजयी भएको छ ।

कालिका मावी डागिहाट बजारकाको खेलमैदानमा चैत्र ७ देखि सुरु भएको खेलमा गाइघाट फुटवल क्लव उदयपुरलाई १ वरिुद्ध ४ गोल गर्दै डाडाबजार धनकुटा विजयी भएको हो । पहिलो हाफको २४ औं मिनेटमा डाढाबजार धनकुटाका एलोन राईले गोल गर्दै गोलको खाता खोलेका थिए भने एक मिनेट नवित्दै २५ मिनेटमा संजय राउतले दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २ गोल खाएको गाइघाट माथि दोस्रो हाफमा ५ औं मिनेटमा विपिन लिम्बुले गोल गर्दै ३ गोलको अग्रता बनाए । खेलको ५० औं मिनेटमा संजय राउतले ब्याक्तीगत दोस्रो गोल गर्दै ४ गोलको अग्रता बनाए । दोस्रो हाफको अतिरिक्त समयमा गाईघाटका सरोज राउतले १ गोल फर्काए पनि खेलमा फर्कन नसक्दा पहिलो चरणबाटै घर फर्कन बाध्य भयो ।

खेलको म्यान अफद म्याच डाडाबजार एफ सिका पहिलो गोल कर्ता एलोन राई घोसित हुर्दै नगद २ हजार प्रप्त गरे ।

प्रतियोगिता अन्तगत भोलि आइतबारको खेल पथरी स्पोटिङ क्लव पथरीशनिश्चरे र आयोजक डाँगीहाट जागृती युवा क्लव निलो विच हुने छ ।

डाँगीहाट जागृती युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोतिगाको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन भने उप विजेतले नगद ५१ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । बुद्ध एयरको प्रायोजक तथा बेलबारी नगरपालीकाको सहयोगमा सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सबै खेल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालीकाका नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले गनु भएको थियो प्रतियोगीताको फाईनल खेल चैत्र १४ गते सम्पन्न हुनेछ ।

Post Comments