News आयोजक डाँगीहाटलाई हराउदै पथरी धरान सिटि सेमिफाईनलमा
गोपाल काफ्ले

डाँगीहाटमा जारी प्रदेश स्तरीय खुल्ला नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा धरान सिटि एकेडेमी धरान सेमिफाईनलमा प्रबेश गरेको छ। ।

कालिका मावी डागिहाट बजारकाको खेल मैदानमा जारी सोमबारको खेलमा आयोजक डाँगिहाट जागृती क्लव बेलबारी रातोलाई १ का विरूद्घ ३ गोल गर्दै धरान सिटि विजयी भएको हो ।

विष्णु सुनारको कप्तानिमा मैदान उत्रिएको धरान सिटिका लागि खेलको १९ औं मिनेटमा धरान सिटि तपन कार्कीले गोल गर्दै अग्रता दिलाए । १ गोलले पछि परेको डि एफ सिले खेलको २५ औ मिनेटमा आशिस चापागाईले गोल गर्दै गरेको खेल बराबरीमा पुर्याए । पहिलो हाफ १/१ को बराबरी खेलेको धरानले दोस्रो हाफको २८ औ मिनेटमा ब्याक्तीगत २ गोल गर्दै अग्रता दिलाए । त्यस्तै खेलको अतिरिक्त समयमा मपलन लिम्बुले गोल गर्दै ३/१ को अग्रता दिलाए । खेलको म्यान अफ द म्याच धरान सिटीका २ गोल कर्ता तपन कार्की घोसित हुर्दै नगद २५ सय प्रप्त गरे ।

प्रतियोगिता अन्तगत भोलि मंगलबारको खेल बदर्श युनाईटेड झापा र उर्लाबारी फुटवल क्लवका विच हुने छ ।

डाँगीहाट जागृती युवा क्लवको आयोजनामा सुरु भएको प्रतियोतिगाको विजेताले नगद १ लाख १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन भने उप विजेतले नगद ५१ हजार, ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । बुद्ध एयरको प्रायोजक तथा बेलबारी नगरपालीकाको सहयोगमा सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको सबै खेल गोलनेपाल डट कमबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । प्रतियोगीताको फाईनल खेल चैत्र १४ गते सम्पन्न हुनेछ ।

Post Comments