News रेडहर्ष साखेजुङ गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

नेपालटार (इलाम) । रेडहर्ष एफसी, इलाम यहाँ जारी साखेजुङ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा इलामकै पुवामझुवा स्पोर्टिङ क्लबलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै रेडहर्षले सेमिफाइनल यात्रा पक्का गरेको हो ।

रेडहर्षको जितमा माल्दिना आङथुपोले २ गोल गर्दा हरि सिटौला र कप्तान प्रदिप विष्टको नाममा १–१ गोल रह्यो । थप एक गोल भने पुवामझुवाको तर्फबाट आत्मघाती उपहार मिलेको हो ।

खेलको म्यान अफ द म्याच रेडहर्षका माल्दिना आङथुपो घोषित भए । प्रतियोगिता अन्तरगत चैत्र १० गते मंगलबारको पहिलो सेमिफाइनल खेल तिनघरे युवा क्लब र फुङ्वा युवा क्लब फुएतप्पाबीच हुने आयोजकले जनाएको छ ।

साखेजुङ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments