काठमाडौं । लामो समयपछि दशरथ रंगशालामा फर्किएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका रुपमा मंगलबारदेखि शुरु थ्री नेशन्स कपमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशले किर्गिस्तानको ओलम्पिक टोलीमाथि १–० को साँघुरो जित निकाल्यो । कुमारबज उलु बजमनले गरेको आत्मघाती गोल नै किर्गिस्तानको हारको कारण बन्यो ।
खेलको म्यान अफ द म्याच भने बंगलादेशका सोहेल राना घोषित भए । उनले पुरस्कार वापत २५० डलर र ट्रफी हात पारे । किर्गिस्तानले आफ्नो दोस्रो खेल चैत्र १२ गतेका दिन नेपालसँग खेल्नेछ । त्यस्तै बंगलादेशले भने १४ गतेका दिन नेपालसँगै लिग चरणको अन्तिम खेल खेल्नेछ ।
लिग चरणको खेलपश्चात् शिर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्ने छन् । फाइनल खेल भने चैत्र १६ गतेका दिन हुने एन्फाले जनाएकोछ । प्रतियोगिताका सबै खेलहरु दशरथ रंगशालामा हुने छन् ।

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै