News एन्फा प्रदेश लिग: मनकामना युवा क्लब रौतहटको पहिलो जित
गोलनेपाल
एन्फा प्रदेश लिग अन्तर्गत प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहटले कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई १–० ले पराजित गरेको छ ।

मनकामनाको तर्फबाट भुवन बस्नेतले ३७औं मिनेटमा गोल गरेका थिए । पेनाल्टी अवसरमा भुवनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा मनकामना पहिलो जित पारेको हो । जितसँगै मनकामनाले ३ अंक जोडेको छ । लेकालीले भने अहिले सम्म जित हासिल गर्न सकेको छैन ।

खेलमा लेकाली युवा क्लबका कप्तान युद्ध शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई लुम्बिनी फुटबल संघका उपाध्यक्ष सुर्यमणी अधिकारीले पुरस्कृत गरे ।

लगातार हारको सामना गरेपनि मनकामनाले मंगलबार लेकाली विरुद्ध सम्हालिएर खेलेको थियो । यसअघिका तिन खेलमा मनकामना युवा क्लब रौतटहले  स्टार सिटी, धम्बोझी क्लब र धादिङ समाजको तिनै खेलमा ३–० ले पराजित भएको थियो । लेकाली युवा क्लब भने झापाको सैनिक युथ क्लबसँग १–१ को बराबरी खेल्दै १ अंक बटुलेको थियो । लेकालीले धादिङ समाज विरुद्धको खेलमा ९–१ ले पराजित भएको थियो भने त्रिवेणी युवा क्लब लमजुङसँग २–१ खेल गुमाएको थियो ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।

अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन। 
Post Comments