News मिल्स गोल्डकप: धरान एकेडेमी सेमिफाइनलमा
गोलनेपाल

विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा धरान सिटी फुटबल एकेडेमी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा शताक्षीधाम स्पोर्ट्स क्लब झापालाई १–० गोलले पराजित गरि धरान सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै धरान बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा साइनो स्पोर्ट्स क्लब रानी बिच हुनेछ । साइनोले क्वाटरफाइनलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ३–१ गोलले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । बुधबार फाइनल प्रवेशको लागि एलेभेन एरोज क्लब दुहबी सुनसरी र सशस्त्र प्रहरी बल पूर्वाञ्चल बिच हुनेछ ।

दुहबीले प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई १–० ले हराएको थियो भने सशस्त्रले उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० ले पराजित गरि सेमिफाइनलको यात्रा सुरक्षीत गरेको थियो । अन्तिम चारमा पुगेको धरानले जितको लागि एक मात्र निर्णायक गोल खेल सुरू भएको ४ औं मिनेटमा तपन कार्कीले गरे । उनले गरेको गोल टिमको लागि जित सुनिश्चित बन्यो । एकपक्षीय खेल पस्केको धरानका खेलाडीले पहिलो र दोस्रो हाफमा गरेको अधिकाशं प्रहार झापाका गोलरक्षक सन्दिप लिम्बुले उत्कृष्ट बचाए ।

खेल २५ औं मिनेटमा धरानका इन्सन राईले डिबक्स बाहिरदेखि गरेको प्रहार झापाका गोल रक्षक सन्दिपले गोल हुनबाट बचाए । त्यस्तै धरानका मिलन लिम्बुको २५ औं मिनेट र विनोद राईको ३५ औं मिनेटमा गरेको प्रहार झापाका गोलकिपर सन्दिपले पन्च गरि गोल हुनबाट उत्कृष्ट जोगाए । आक्रमक रूपमा मैदान प्रवेश गरेको धरानका खेलाडीले बारम्बार पाएको प्रहार सन्दिपले उत्कृष्ट बचाउँदा थप गोल खानबाट टिमलाई जोगाए ।

खेलको म्यान अफ द म्याच पनि झापाका गोलरक्षक सन्दिप लिम्बु घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् । खेलको अन्त्य तिर आक्रमक भएर झापाका खेलाडी मैदान उत्रिए पनि गोल गर्न नसक्दा खेल बराबरीमा ल्याउन चुक्यो ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेता नगद १ लाख ५० हजार रुपैयाँको साथै ट्रफि र उपबिजेताले नगद ७५ हजार रुपैयाँ प्राप्त गर्ने ट्रष्टका कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए ।

Post Comments